Logo
३० बैशाख २०८१, आईतबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवा अस्पतालमा खाजाको नाममा २५ लाख अनियमितता, अख्तीयारले थाल्यो छानविन

प्रदेश १ स्थित सुनसरीमा रहेको इनरुवा अस्पतालले पदाधिकारी कर्मचारी चिकित्सकको खाजा भत्ताका नाममा अनियमितता गरि कर्मचारीले गरेको भष्ट्राचारको छानविन अनुसन्धान थालेको छ ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयमा खाजा भत्ता र रात्रिकालिन भत्ताका नाममा पच्चिस लाख बढी रकम किर्ते गरि समबन्धीत स्वास्थ्यकर्मी कर्मचारीलाई रकम नदिई भष्ट्राचार गरेको उजुुरीका आधारमा कानुनी कारवाहीका लागी छानविन सुरु भएको हो ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले इनरुवा अस्पतालका नामबाट खाजा भत्ता तर्फ ९ लाख ४९ हजार ६ सय ७० रुपैयाँ, प्रोत्साहन भत्ता र रात्रिकालिन भत्ता तर्फ १५ लाख ९ हजार २ सय ७० रुपैयाँको खर्च देखाएको प्रमाणित कागजपत्र अनुसार खर्च गरिएको रकम फर्जी रहेको फेला पारेपछि थप अनुसन्धान गर्दै कानुनी कारवाहीका लागी समबन्धीत व्यत्ती उपर मुद्धा दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

अख्तीयारको इटहरी स्थित कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा इनरुवा अस्पताल प्रशासनबाट दैनिक खाजा भत्ता र रात्रिकालिन प्रोत्साहन भत्ताका नाममा समबन्धीत व्यत्तीलाई रकम नदिई केही कर्मचारीहरुले झुठा विवरण तयार पारी रकम खर्च देखाई भष्ट्राचार गरेको पाईए पछि रकम वाँडफाडमा संलग्न कर्मचारी उपर छानविन थालेको हो ।

एक वर्षमा खाजा भत्ता र प्रोत्साहन भत्ताका नाममा इनरुवा अस्पतालबाट पदाधिकारी, कर्मचारीहरुका नाममा भएको २४ लाख ५८ हजार ९ सय ४० रुपैयाँको भष्ट्राचार अभियोगमा अस्पतालमा मिलोमतोमा रकम झ्वाम पार्ने तिन जना कर्मचारीहरुको जागिर समेत जाने गरि कारवाही थालिएको स्रोतले जनाएको छ ।

अख्तीयारले गत माघ २६ गते चलानी नम्बर १५३०१ को पत्र मार्फत इनरुवा अस्पतालबाट खाजा भत्ता पाउनेको नाम, पद, प्रयोजन, भत्ता दिएको मिति कहिलेदेखि कहिलेसम्म, खाजा भत्ता दिने निर्णय, आदेश, कार्यविधि र कानुनी व्यवश्था, भुत्तानी रकम प्रत्येक व्यत्ती पिच्छेको फरक फरक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

यसै गरि प्रोत्साहन भत्ता र रात्रिकालिन भत्ता पाउने कर्मचारीको नाम, पद, प्रयोजन, भत्ता दिएको मिति कहिलेदेखि कहिलेसम्म, खाजा भत्ता दिने निर्णय, आदेश, कार्यविधि र कानुनी व्यवश्था, भुत्तानी रकम प्रत्येक व्यत्ती पिच्छेको फरक फरक रुपमा उपलब्ध समेत अस्पताल प्रशासनलाई निर्देशन दिएको छ ।

अस्पताल स्रोतका अनुसार अस्पतालमा लामो समयदेखि नक्कली शैक्षिक प्रमाणपत्र र योग्यताको कागजपत्र पेश गरि सेवारत कर्मचारी, दरवन्दी अनुसारको जिम्मेवारी भन्दा बाहिरको कार्यसम्पादन गर्ने कर्मचारी र

जिन्सी प्रशासनको जिम्मेवारी नहुदा समेत सोही फाँटको कर्मचारीका रुपमा कार्यरत रहेका कर्मचारीहरुले अस्पताल विकास समितिका पदाधिकारीका आफन्तलाई जागिरमा नियुक्ती गराएर सामान खरिद, खाजा भत्ता,

प्रोत्साहन भत्ता, रात्रिकालन भत्ता, भौतिक पुर्वाधार निमार्ण लगायतका क्षेत्रमा इनरुवा नगरपालिका र प्रदेश सरकारबाट प्राप्त सहयोग अनुदान वापतको रकम कागज मात्र मिलाएर भष्ट्राचार गर्दै आएकाले यस

प्रकरणमा उनीहरुले जागिर जाने अवश्था सृजना भएपछि अख्तीयारको कारवाहीबाट जोगिन कागजपत्र मिलाउने प्रयास गरेपनि अख्तीयारमा पेश भएको सक्कल बमोजिमको कागज तयार पार्न नसक्ने अवश्थाले जागिर छाडी भाग्ने तयारीमा रहेको दावी गरेको छ ।

संघीय सांसद सहितका टोलीले अनियमितताको लगाएको थियो आरोप

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्