Logo
७ जेष्ठ २०८१, सोमबार
(May 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

२८ वैशाख, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ ।

शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठको भनाइ छ ।

शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

 

प्रकाशित मिति: May 10, 2024

प्रतिक्रिया दिनुहोस्