Logo
७ जेष्ठ २०८१, सोमबार
(May 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी (तस्वीरहरू)

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।

आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।

त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए । संसद्‌मा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी गरेको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘जे गर्न सोच राखिएको छ, यसको मूल्य सबैले चुकाउनुपर्छ ।’

हेर्नुहोस् थप तस्वीरहरू :

  

 

प्रकाशित मिति: May 10, 2024

प्रतिक्रिया दिनुहोस्