Logo
७ जेष्ठ २०८१, सोमबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्नै छाड्यो भिजिट 2020 : ठमेलका ७५ प्रतिशत होटल बुकिङ रद्द

चीनको वुहानबाट फैलिएको महामारी कोरोना भाईरसले विश्वव्यापी रुपमा असर पुर्याको छ । नेपालको भ्रमण वर्ष सुरु भएसँगै चीनमा फैलिएको उक्त भाइरसले बाह्य पर्यटनका लागि मुख्य शहर मानिने काठमाडौं स्थित ठमेल सुनसान भएको छ ।

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे ।

चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको प्रभावले नेपालको सबैभन्दा व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थाल्यो ।

उनले भने,‘चीनका पर्यटकमा निर्भर ठमेल ज्याठा गल्लीका अधिकांश होटल बन्द हुने अवस्थामा छन् । बुकिङ रद्द भएपछि थप चिन्ता बढेको छ । गोरखापत्र दैनिकबाट साभार ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्