Logo
२ जेष्ठ २०८१, बुधबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC सम्झौता संशोधन नगर्ने अडानमा अमेरिका

काठमाडौं : एमसीसी बारे अमेरिकी सरकारलाई नेपाल सरकारले राखेको प्रस्ताव अस्वीकार गरेको छ ।
एमसीसी सम्झौताको आधार परिमार्जनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरूले एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेका हुन्।

अमेरिकी अधिकारीहरूले नेपालको कानुनसँग नमिल्ने विषयलाई हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । मूल सम्झौता केही नगर्ने तर सहायक सम्झौतामा संशोधन गर्ने संकेत अमेरिकाले दिएको परराष्ट्रका ती अधिकारीले बताए।

अमेरिकाले सहायक सम्झौता नेपाली कानुनविपरीत भए सच्याउन सकिने संकेत दिइसकेकाले परिमार्जनमा ‘लेटर अफ एक्सचेन्ज’ हुने गरी प्रक्रिया अघि बढ्ने अर्का एक उच्च अधिकारीको भनाइ छ।

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दर्जन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ।

एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नियमित भ्रमण गरी फर्केको एक सातापछि अमेरिकी कंग्रेसका सदस्य अमी बेरा नेतृत्वको टोली आएको छ।

बेराले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, अध्ययन टोलीका संयोजक झलनाथ खनाल तथा सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रमुख प्रतिपक्षी दलका नेता र सरकारी अधिकारीलाई भेटेर सम्झौता परिमार्जनबारे अमेरिकी धारणा स्पष्ट पारेका छन्।

पछिल्लो समयमा सरकारले अमेरिकासँग सम्झौताका कुनकुन बुँदा संशोधन गर्ने भन्ने विषयमा छलफल अघि बढाएको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्