रहेनन् उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङ
एजेन्सी : कोरोना भाइरसको उदगमस्थल चीनको उहाँनको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको निधन भएको छ ।
चिनियाँ सरकारि टेलिभिजन सिसिटिभीले आज मंगलबार निधन भएको जानकारी दिएको हो ।
कोरोना भाइरसको कारण झिमिङ्गको विहान त्यहाँको स्थानीय साढे १० बजे भएको छ ।उनी सगै चीनमा कोरोना भाइरसको कारण २ हप्ताअघि चेतावनी दिने डाक्टरको पनि निधन भएको थियो ।
संसारभर त्रास फैलीएको कोरोनाभाइरस चीनको उहाँनसहरबाट सुरू भएको थियो भने कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको उहानको वुचाङ्ग अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो ।
कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।