Logo
६ जेष्ठ २०८१, आईतबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई किलोमिटर लम्बाइमा रहेको फलामको खानी पुनः उत्खनन गरिने

झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी पुनः उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको हो ।

विभागले चालू आर्थिक वर्षमा फलाम खानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ । त्यसका लागि भूगर्भविद् ठाकुर कँडेल, प्रकाश पोखरेलसहितको टोलीको एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गुणस्तर के कति छ भनेर अध्ययन गरिरहेको पोखरलले जानकारी दिए ।

उनका अनुसार इलेक्ट्रिकल रेसिस्टीभिटी ९ईआरटी० को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको छ ।

अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ । २ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमुना संकलन गरिरहेको पोखरेलले बताए । यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ ।

आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्