Logo
६ जेष्ठ २०८१, आईतबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् हिउँले मनमोहक बनाएको मुक्तिनाथ मन्दिर

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो ।

समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -१अवस्थित मुक्तिनाथ मन्दिर अहिले हिउँदे सेताम्मै भएको छ ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ ।

शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।

हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । तस्वीर: निरज थकाली

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्