Logo
२१ असार २०८२, शनिबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेष्ट पानोरमा हाेटलमा अचेत अवस्थामा उद्धार गरिएका सबै भारतीयको मृत्यु

मकवानपुरको थाहा नगरपालिका, सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

बिहान अचेत अवस्थामा भेटिएपछि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पुर्‍याइए पनि उनीहरुलाई अस्पतालले मृत घोषित गरेको छ ।

अहिले मकवानपुर प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। ‘दुईजना बस्नुपर्ने कोठामा आठजना बसेका र उनीहरुले अत्याधिक मदिरा सेवन गरेको खुलेको छ।

१५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए।

मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार मंगलबार राति १ बजेको समयमा होटलको रिसेप्सनमा बसेकालाई थर्काएर कोठामा ग्यास सिलिण्डर लगेर बालेका थिए।

झ्याल थुनेर ग्याँस हिटर बालेका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्