Logo
५ जेष्ठ २०८१, शनिबार
(January 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो’

इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ । इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’

वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ । इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो । तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो । अमेरिकी मिडियाले यस अघिनै विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Jan 11, 2020

प्रतिक्रिया दिनुहोस्