Logo
५ जेष्ठ २०८१, शनिबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अङ्गोलामा अत्यधिक वर्षाबाट ४१ को मृत्यु, सयौ घर क्षतिग्रस्त

अत्यधिक बर्षाका कारण अङ्गोलामा यस हप्ताको सुरुमा ४१ जनाको मृत्यु भएको छ ।

गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिनु भएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो ।

राष्ट्रिय नागरिक संरक्षण आयोगको पहिलो बैठकपछि पत्रकारहरुसँग बोल्दै उहाँले अत्यधिक वर्षापछिका विभिन्न घटनाका कारण अरु धेरै जना प्रभावित भएको जानकारी दिए ।

वर्षासँगै आएको बाढीले घरहरुसँगै विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको छ भने, कृषिजन्य उत्पादन समेत नष्ट गरिदिएको छ ।

वर्षाका कारण विद्युत सेवा, खानेपानी वितरण प्रणाली, सडक सञ्जाललगायत अवरुद्ध भएका छन् । यसले आर्थिक बृद्धिद्धरमा समेत असर पारेको गृह मन्त्री केसरले बताए।

मन्त्री केसरका अनुसार बाढीले देशको राजधानी लुआन्दा, विए, बेङगुएला, हुआम्बो, कुअन्जा नोर्ट, कुअन्जा सुल, लुन्डा सुल र नोर्ट, मलङ्गे, नामिब, उइगे र जाइरलगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।

देशभर २५ सय परिवार बाढीबाट प्रभावित भएको सरकारी विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी ३७८ घर क्षतिग्रस्त भएको, ९७५ घर जलमग्न भएको, १२ चर्च भत्किएको र ४ ओटा पुल पनि क्षतिग्रस्त भएको सरकारी विवरण छ ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्