Logo
५ जेष्ठ २०८१, शनिबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरानको मिसाइल आक्रमणपछि ट्रम्पको पहिलो बयान सकारात्मक

इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा मिसाइल आक्रमण गरेपछि ट्रम्पको पहिलो बयान आएको छ । जुन तुलनात्मक रुपमा सकारात्मक देखिन्छ । अमेरिकी राष्ट्रपतिले इरानको आक्रमणपछिको अवस्थामा चिन्ताजनक नरहेको ट्वीट गरेका छन् ।

ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै ठीक छ । इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मिसाइल प्रहार भयो । अहिले हताहती र क्षतिको मूल्याङ्कन भइरहेको छ । हालसम्मको अवस्था ठीक देखिन्छ ।’

त्यसपछि ट्रम्पले आफ्नो सेनाको महिमागान गरेका छन् । सोही ट्वीटमा उनले अगाडि लेखेका छन्, ‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ । म भोलि विहान एक वक्तव्य निकाल्नेछु । ’

यसअघि ह्वाइट हाउसले इरानको आक्रमणपछि विकसित घटनाक्रममा ट्रम्पले नजिकबाट निगरानी गरिरहेको बताएका थियो ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्