Logo
२० बैशाख २०८१, बिहीबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु

सुनसरीको दुहबीमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ ।

सोमबार दुहबी ५ स्थित श्री सरसवती मा.वि.को खेल मैदानमा सुरु भएको उदघाटन खेलमा दुहबी वडा नम्वर १०ले दुहबी वडा नम्वर ५ लाइ २–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको पूर्वाधको १४ औं मिनेटमा दुहबी वडा नम्वर १० का खेलाडी कुन्दन चौधरीले १ गोल गर्दै आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए ।

दोश्रो हाफको ९ औं मिनेटमा दुहबी ५ का खेलाडी मनिस अधिकारीले १ गोल गर्दै आफ्नो टिमलाइ बराबरीमा पुर्याएका थिए ।

लगतै दुहबी वडा नम्वर १० का खेलाडी कविन्द्र चौधरीले १ गोल गर्दै जित सुनिश्चित गराए ।

खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्वर १० का कविन्द्र चौधरीलाइ दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगद १ हजार सहित मेडल प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद शिल्ड, मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई ५० हजार नगद शिल्ड,मेडल,प्रमाणपत्र प्रदानगरिनेछ ।

दुहबी नगर पालिकाको आयोजनामा भएको मेयर कपको संयोजन एलेभेन एरोज क्लब दुहबीले गरेको हो । प्रतियोगितामा दुहबीका १२ वडाले प्रतिस्पर्धा गर्दैछ ।

पौष २१ गते सुरु भएको मेयरकप माघ ३ गते समापन हुनेछ । मंगलवारको खेल दुहबी वडा नम्वर ११ र वडा नम्वर १२ का बिच हुँने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्