Logo
२७ बैशाख २०८१, बिहीबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङमा भारी हिमपात : विद्युत, टेलिफोन र यातायात ठप्प, जनजीवन प्रभावित

बझाङ जिल्लामा भारि हिमपात भएको छ । लगातार परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

बिहीबार र शुक्रबार परेको लगातार हिमपातका कारण बझाङ जिल्ला भरि टेलिफोन सेवा, यातयातका साधन अबरुद्ध हुनका साथै विद्युत सेवा समेत तीन दिनदेखि अबरुद्ध भएको छ ।

तीन दिनदेखि लगातार हिमपात हुँदा सोलाका ब्याट्रीहरुमा चार्ज हुन नपाउँदा टेलिफोन सेवा अबरुद्ध भएको नेपाल टेलिकम बझाङले जनाएको छ ।

बाक्लो हिमपात भएका कारण सावरी साधनहरु बन्द भएको सुदुरपश्चिम यातायात ब्यावस्थापन समिति बझाङका सदस्य जीवन खड्काले बताए । सवारीका साधनहरु समेत हिउँमा फसेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्