डिम्याट खाता खोल्नेको संख्या १६ लाख नाघ्यो, ५ अर्ब बढी कित्ता शेयर अभौतिकीकरण
शेयर कारोबार गर्न हितग्राही –डिम्याट खाताको संख्इा १६ लाख नाघेको छ ।सीडीएस एन्ड क्लियरिङका अनुसार १२ पुससम्ममा सञ्चालनमा रहेको डिम्याट खाताको संख्या १६ लाख २ हजार ८ सय ५६ पुगेको हो ।
हालसम्म करिब ५ अर्ब बढी कित्ता शेयर अभौतिकीकरण –डिम्याट० भइसकेका छन् ।शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्र्रतिदिन बढ्दै गइरहेको छ ।
सीडीएस एन्ड क्लियरिङले देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो शेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको शेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ । राजधानी दैनिकमा खबर छ ।