Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा स्तरिय फुटबल खेलको दोस्रो दिनको खेलमा वार्ड नं ५ विजयी

शिव भट्टराई/ बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल द्वारा रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्दै आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगितामा वार्ड नं ५ विजयी भएको छ।

स्थानिय खेलाडी लाई फुटबल मा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा को वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा का १२ वटै वाड का १२ टिम सहभागी हुने भएका छन्। गछिया खेलमैदानमा भएको दोस्रो दिनको खेलमा वडा नम्बर ११ र ५ बीच कडा प्रतिश्पर्धा भएको थियो।

खेलमा ० का विरुद्ध १ गोल गर्दै वाड नं ५ ले जित हासिल गरेको छ भने आज को खेल मा वाड न ५ कै खेलाडी सनिस लिम्बुलाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई वार्ड नं ५ का वार्ड अध्यक्ष राम रिजाल बाट पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी भोलि को खेलमा वाड नं २ र १० बिच प्रतिस्पर्धा हुने भएको आयोजक समितिका उपाध्यक्ष नविन बरालले बताएका छन्।प्रतियोगिताको उपाधी विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्