Logo
२८ कार्तिक २०८१, बुधबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गर्नुभएको थियो ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

यता पराजित आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा मनाङका गोल रक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्