Logo
६ जेष्ठ २०८१, आईतबार
(December 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको रानीतलाउ र महेन्द्रपार्क पर्यटकको गन्तव्य बन्दै

नेपालगञ्जको ऐतिहासिक रानीतलाउ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ ।

डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज-८ स्थित प्रसिद्ध ऐतिहासिक रानीतलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या अहिले बढ्दै गएको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताउनुभयो ।

उपमहानगरपालिकाको करिब रु २५ लाखको लागतमा पुनःनिर्माण गरेको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् ।

यसैगरी नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्रपार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यस पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ ।

पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्नथरिका चरा पाइन्छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेरअनुसार उपमहानगरपालिकाले पनि यहाँको पर्यटकीयस्थललाई आकर्षक बनाउने कार्य शुरु गरिसकेको नगर प्रमुख राणाले बताउनुभयो ।

नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको उहाँको भनाइ छ ।

 

प्रकाशित मिति: Dec 21, 2019

प्रतिक्रिया दिनुहोस्