Logo
२५ बैशाख २०८१, मंगलबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कृषि, पर्यटन र जलस्रोत सरकारको उच्च प्राथमिकतामा’

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन तथा २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले राजनीतिक अधिकार प्राप्तिपछि समृद्धिको यात्रामा सबै लाग्नुपर्नेमा जोड दिए ।

मन्त्री घिमिरेले पशुपक्षी औषधि मानव औषधि ऐनबाट सञ्चालित रहेकाले यसको अलगै ऐन बनाउन पहल गर्ने उल्लेख गर्दै अबको उत्पादन जीविकोपार्जनका लागि मात्र नभएर व्यावसायिक हुनुपर्ने बताए ।

उनले सरकारले कृषिमा आमूल परिवर्तन गर्न कृषिलाई आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्न खोजेकाले कृषि बजार नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सामथ्र्य तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल पशुपक्षी व्यवसायी सङ्घका अध्यक्ष चित्रबहादुर गुरुङले राष्ट्रिय आयमा निकै योगदान दिइरहेकाले व्यवसायीको समस्याप्रति सरकारले ध्यान दिनुपर्ने बताए । अधिवेशनमा ५०० पर्यवेक्षक र प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्