Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पमाथि महाभियोग, सिनेटले पनि महाभियोग लगाए राष्ट्रपति पद गुम्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ । अहिलेकै अवस्थामा ट्रम्पको राष्ट्रपति पद गुम्ने छैन् । अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ ।

ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।

माथिल्लो सदन सिनेटले पनि ट्रम्पविरुद्ध महाभियोग लगाए उनको राष्ट्रपति पद गुम्ने छ । माथिल्लो सदनमा ट्रम्पको पक्षमा मत आउने छ । जानकारहरुका अनुसार यदी २० रिपब्लिकन मत ट्रम्पको विपक्षमा गए उनी राष्ट्रपतिबाटै हट्नुपर्ने अवस्था आउने छ ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ। मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।

अमेरिकाको ४५ औं राष्ट्रपति बनेका ट्रम्प महाभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् । यसअघि सन् १८६८ मा लिन्डन बी जोनसन र १९९८ बिल क्लिन्टनमाथि महाभियोग थालेको थियो ।यी दुवै राष्ट्रपतिले आफ्नो कुर्सी जोगाएका थिए । त्यस्तै रिचर्ड निक्सनले भने महाभियोग भन्दा अघि नै राजीनामा दिएका थिए ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्