Logo
६ जेष्ठ २०८१, आईतबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्याली एक्सप्रेसको पाँचौ रेष्टुरेन्ट सिनामंगलमा, ३ सय ४० रुपैयाँमै १२ सय ग्रामको ग्रिल्ड चिकेन

भ्याली एक्सप्रेसले आफ्नो पाचौँ रेष्टुरेन्ट त्रिभुवन विमानस्थलको पार्किङस्थल सिनामंगलमा सञ्चालनमा ल्याएको छ ।

चिकेनका पारखीहरुका लागि भ्याली ग्रुपले सिनामंगलमा आफ्नौ पाँचौ रेष्टुरेन्ट बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

२०४१ सालदेखि कुखुराको मासुजन्य उत्पादन तथा विक्री वितरणमा संलग्न भ्याली ग्रुपले २०७१ सालबाट रेष्टुरेन्ट व्यवसायमा हात हालेको थियो । सुरुमा चितवनको सौराहामा आफ्नो पहिलो रेष्टुरेन्ट खोलेको भ्याली ग्रुपले त्यसपछि नयाँबजार, महाराजगञ्ज, न्युरोड हुँदै अब सिनामंगलमा पनि शाखा बिस्तार गरेको हो ।

अमेरिकी तथा युरोपियन देशहरुमा प्रख्याती कमाएको केएफसी चिकेनकै शैलीमा चिकेनका सबैजसो परिकार पाउनेगरी भ्याली एक्सप्रेसको नाममा सञ्चालनमा आएको रेष्टुरेन्टले चिकनको पारखीहरुलाई आकर्षित गर्ने गरेको छ ।

भ्याली एक्सप्रेसमा ग्रिल्ड चिकेन, फ्राइड चिकेन, चिकेन पपकर्न, चिकेन विंग्स, बोनलेस चिकेन, चिकेन ललिपप, चिकेन ससेज, चिकेन बर्गर, चिकेन मम, चिकेन बिरयानी लगायतका खानेकुरा पाइन्छन् ।

३ सय ४० रुपैयाँमै १२ सय ग्रामको ग्रिल्ड चिकेन

भ्याली एक्सप्रेसले आफ्नो ओपनिङ डिस्काउण्टमा ३ सय ४० रुपैयाँमै १ हजार २ सय ग्रामको ग्रिल्ड चिकेन दिने भएको छ । अहिले एउटा होल्ड ग्रिल्ड चिकेनको ६ सय ७५ रुपैयाँमा रहेकामा पुष ८ गतेसम्म ५० प्रतिशत छुटमा उपलब्ध गराउन लागेको हो ।
भ्याली एक्सप्रेसको सिनामंगल शाखामा आगामी पुष ८ गतेसम्म चिकेनका सबै परिकारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अहिले भ्याली एक्सप्रेसले १२ पिस बोनलेस चिकेनको मूल्य ९ सय ९९ रुपैयाँ राखेको छ । तर पुष ८ गतेसम्मका लागि भने यो ५ सय रुपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी हाल १ सय १५ रुपैया लिने गरिएको चिकेन मम आगामी एक साताका लागि जम्मा ५८ रुपैयाँमा उपलब्ध हुनेछ । सिनामंगल शाखाले एक सातासम्म सबै खानामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

कुखुराको मासुजन्य उत्पादन तथा विक्री वितरणमा संलग्न भ्याली ग्रुप अन्तर्रा्ष्ट्रिय गुणस्तर आइएसओ २२०००-२००५ प्राप्त संस्था हो भने यो हलाल सर्टिफाइड समेत भइसकेको छ ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्