Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाडोमा हात मुलायम बनाउने घरेलु विधि

जाडो मौसममा त छाला झन् खस्रो हुन्छ। धेरैको ध्यान अनुहारको खस्रोपन हटाउनेतिर मात्र जान्छ । हातको छालामा भएको खस्रो कम गर्न त्यति ध्यान दिइँदैन । तर हातको हेरचाह र नरमपनमा उत्तिकै विचार गर्नुपर्छ। जाडोमा हात मुलायम बनाउन केही घरेलु विधि अपनाउन सकिन्छ।

-दैनिक चिसो पानीमा हात खेलाउनुको साथै लोसन प्रयोग गर्नुस्। यसले हातलाई नरम बनाउनुका साथै छालालाई चम्किलो पनि बनाउँछ।

– हातलाई कोमल बनाउन एलोभेरा पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरमा आद्रता ल्याउने काम गर्छ ।

– नरिवलको तेलमा फ्याटी एसिडको मिश्रण हुन्छ । यसले सुख्खा छालालाई नरम बनाउने काम गर्छ ।

– हातलाई कोमल बनाउन मिल्क क्रिम पनि प्रयोग गर्ने सकिन्छ । मिल्क क्रिममा उच्च चिल्लो पदार्थ हुन्छ । यसले नेचुरल मोस्चराइजरको काम गर्ने गर्छ ।

– हातमा जैतुनको तेलले मालिस ग¥यो भने पनि हात मुलायम बन्छ । जैतुनको तेलमा पर्याप्त मात्रामा एन्टिअक्सिडेट्स हेल्दी फ्याटी एसिड पाइन्छ । यो एसिड हातका लागि ज्यादै राम्रो हुन्छ।

– महले पनि नेचुरल मोस्चराइजरको काम गर्छ । यसमा पनि एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यसैले यसको प्रयोगले हात धेरै कोमल हुन्छ ।

– यसका अलवा हातलाई दही र केराले पनि मालिस गर्न सकिन्छ। यसले पनि हात कोमल हुन्छ ।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्