छिटो-छिटो पिसाब लाग्ने समस्यालाई यसरी गर्नुहोस् घरमै उपचार
प्राय: मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् ।
जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०-१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।
छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।
दही – दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।