Logo
१७ बैशाख २०८१, सोमबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ हजार घुस लिने प्रहरी सई नवीन झा अख्तियारको फन्दामा

प्रदेश २ स्थित धनुषा जिल्लाबाट एकजना ट्राफिक प्रहरी घुससहित पक्राउ परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका सई नविनकुमार झालाई घुससहित पक्राउ गरेको हो।

ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट पुगेको टोलीले झालाई नियन्त्रणमा लिएको हो। ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै सई झाले ट्रिपर चालकसँग रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

ट्रिपर चालकसंग पटक-पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियारको कार्यालयमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमनगर्दा उनी घुससहित पक्राउ परेका हुन्। झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्