Logo
६ जेष्ठ २०८१, आईतबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुटिङ गरिरहेका यी नायकको उपचारका क्रममा मृत्यु

ताइवानमा जन्मिएका एक मोडलको सुटिङका क्रममा मृत्यु भएको छ । हलिउडमा आफ्नो पहिचान बनाउन सफल भएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको हो ।

एक टिभी शोको सुटिङ गरिरहेका उनी अचानक लडेका थिए । लडेपश्चात् उनलाई तत्काल अस्पताल लगिएको थियो र सोही उपचारका क्रममा उनको मृत्यु भएको हो ।

३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गरिरहेका थिए । उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश भएका थिए ।

अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ भने कार्यक्रममा निर्माताले भने टिभी इभेन्टको कार्यक्रममा उनी लडेकाकारण उनको मृत्यु भएको पुष्टि गरेका छन् । निर्माताले भने, ‘सुटिङ चलिरहेको थियो । उनी अचानक सेटबाट तल खसे । उनी बेहोस भए । उनी लड्नेबित्तिकै अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषणा गरियो । ’

उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ । चिनियाँ मिडियाका अनुसार स्थानीय समयानुसार दिउँसो २ बजे उक्त घटना भएको हो ।

स्मरण रहोस्, सन् २०११ मा लक्जरी ब्रान्ड लुई भिटनको एक एड क्याम्पेनका लागि छानिने उनी पहिलो एशियाली पुरुष मोडल थिए ।  उनले ‘द मोर्टल इन्स्ट्रुमेन्टः सिटी अफ बोन्स’ मा अभिनय गरे । गाओ चीनमा पनि एक चर्चित नाम हो ।

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्