Logo
६ जेष्ठ २०८१, आईतबार
(November 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साइबाबाको ९४ औ जन्मोत्सवको अवसरमा दुहबीमा शोभायात्रा

प्रदेश १ स्थित सुनसरीको दुहबीमा श्री सत्य साइ केन्द्रले साइ बाबाको ९४ औ जन्मोत्सवको अवसर पारेर शोभा यात्रा सहित दुहबी बजार परिक्रमा गरि बिभिन्न कार्यक्रमको आयोजना गरेर धुमधामकासाथ मनाएका छन । सयौंको संख्यामा रहेका साइ बाबाका भक्त जनहरुले शोभा यात्रामा ईस्वर एउटै छन हरेक जाति को ईस्वर एक हो लगायत प्ले कार्ड सहित दुहबी बजार परिक्रमा गरेका थिए । दुहबी ४ स्थित रहेको श्री सत्य साइ केन्द्रमा जन्मोत्सवको अवसरमा ५१ पाउन्डको केक समेत काटिएको थियो ।

सत्य साइ केन्द्रको स्थापना २०३१ सालमा भएको र सो केन्द्र ४ कठा ४ धुरमा रहेको श्री सत्य साइ केन्द्रका कार्यवाहक अध्यक्ष महालक्ष्मी साहले जानकारि दिइन। साहका अनुसार सो केन्द्रमा १२०० जना सदस्य रहेको र सोहि सदस्य हरु बाटनै ईच्छा कटौति रकम बाट सो केन्द्र सन्चालन गरेको हाल सो केन्द्रमा ८५ अनाथ बालबालिका हरुको पढाइ लेखाई देखि पालन पोषण सम्म पनि सोहि ईच्छा कटौती रकम बाट गरेको बताइन्। १ हजार आट्ने दुहबीकै ठुलो सामुदायिक सभाहल भवन यस केन्द्रमा बनाउन लागेको आर्थिक अभावको कारण भवन निर्माण पुरा हुन न सकेको उनले दुखेसो पोखिन । सो भवन निर्माणकार्य गर्न दुहबी नगर प्रमुख बेदनारायण गच्छदारको पहलमा रु ५ लाख नगर बाट सहयोग पाएको तथा रु १ लाख घेराबेरा गर्न दुहबी वडा नम्बर ४ को कार्यलयबाट सहयोग पाएको अब बाकि अधुरा भवन निर्माण गर्न दुहबी नगरपालिकाबाटनै सहयोगको अपेक्षा राखेको उनले बताइन ।

प्रकाशित मिति: Nov 23, 2019

प्रतिक्रिया दिनुहोस्