दोस्रोपटक सांसद, पहिलोपटक मन्त्री बने पार्वत गुरुङ्
नवनियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थममाया थापामगरलाई हटाएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए । बिहीबार राष्ट्रपतिबाट शपथग्रहण गरेपछि मन्त्रालय पुगेर उनले कार्यभार सम्हाले ।
नवनियुक्त मन्त्री गुरुङलाई शुभकामना दिन निवर्तमान मन्त्री थममाया थापा मन्त्रालयमा पुगेकी थिइन् । गुरुङलाई ऊर्जाशील व्यक्ति भन्दै थममायाले भनिन्, ‘हामीले सुरु गरेको कामलाई अगाडि बढाउन युवा, ऊर्जाशील व्यक्ति आउनुभएको छ, उहाँलाई शुभकामना ।’
दोस्रोपटक सांसद भएका गुरुङ पहिलोपटक मन्त्री बनेका हुन् । उनी ०७० सालको संविधानसभा निर्वाचनमा दोलखा १ बाट निर्वा्िचत भएका थिए । तत्कालीन एमाले र हाल नेकपाको केन्द्रीय सदस्य समेत रहेका उनी पार्टी्िभत्र सधैं केपी ओलीको पक्षमा उभिएका नेता हुन् ।
५१ वर्षीय ०५४ सालको स्थानीय चुनावसम्म जिल्लास्तरीय कार्यकर्ता थिए ।
उनी ०५४ मा जिल्ला विकास समितिको सदस्य भए पनि जिल्ला राजनीतिमा स्थापित भए । राजनीतिसँगै गुरुङ जटिबुटी र कृषि उद्यममा पनि संलग्न थिए । पार्टीमा गाउँ कमिटी प्रमुखदेखि दोलखा जिल्ला कमिटी अध्यक्षसम्म भएका गुरुङ तत्कालीन एमालेको नवौं महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वा्िचत भए ।
एमालेको गढ मानिने दोलखामा आफूभन्दा धेरै सिनियर नेताहरुलाई पछि पारेर गुरुङ केन्द्रीय राजनीतिमा स्थापित भए । पार्वतलाई मन्त्री बनाउन ओलीमाथि अघिल्लै कार्यकालमा दबाब थियो । त्यसबेला उनले दोलखाकै अर्का नेता आनन्द पोखरेललाई छाने । यसपटक पार्वतलाई मन्त्री बनाउन पोखरेल आफैं बालुवाटारमा लबिङ गर्न पुगेका थिए ।
पार्वतको रुचि र अपेक्षा अनुरुप मन्त्रालय नपाएको टिप्पणी पनि भएको छ । अर्को पुनर्गठनमा गुरुङको मन्त्रालय हेरफेर हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।