Logo
१९ बैशाख २०८१, बुधबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढानीलकण्ठ नारायण मन्दिरमा भारतद्वारा मठाधीश भवनको निर्माण

नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले बुधवार राजधानी काठमाण्डौं स्थित बुढानीलकण्ठ नगरपालिकामा रहेको बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।

उक्त मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा रहेको छ ।

यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो ।

संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि यस श्री बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ ।

यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन् ।

मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ ।

भारत सरकारको नेपाली रुपैया २.१८ करोड अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ ।

जिल्ला समन्वय समिति काठमाण्डौंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।

दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिए दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्