Logo
२४ बैशाख २०८१, सोमबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को ट्यालेन्ट राउण्ड कार्तिक १६ गते हुने

काठमाडौँ :  मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार भब्यताको साथ गरिने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन् ।

भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आ-आफ्नो कला, क्षमता प्रदर्शन गरेका थिए । भरतपुर चितवनमा नै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले “मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ” प्रतियोगिताको आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा सबिना गुरुङ, रुपा केसी, सिमा महतो, बेनिशा छेत्री, नविना अधिकारी, श्रवन श्रेष्ठ, सनम कंडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

होटल बन्दीपुरमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्ड प्रतियोगितामा बिकाश सापकोटा, कमल बराल, अस्मिता नेपालीले निर्णायकको भूमिका निर्बाह गरेका थिए ।

चितवनमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरेर अनुभब बटुली सकेकि सरिता आचार्यको आयोजनामा भईरहेको यस प्रतियोगितमा मोडल सम्पदा अमगाई र मोडल सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् ।

भबिष्यमा नेपाल बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको कुरा “मिस्टर एण्ड मिस स्टार चितवन २०१९” को अधक्ष्य आचार्य बताउछिन ।

मिस्टर एण्ड मिस स्टार चितवन(२०१९ प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् । साथै बिजेतालाई नगद सहित आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ ।

कोरियोग्राफर अस्मिता नेपालीले कोरियोग्राफी गरिरहेकी प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिदै आएको छ ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित अन्य गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक संस्थाले गराएको छ ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्