Logo
१८ बैशाख २०८१, मंगलबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा महाराष्ट्र-हरियणाको मतगणना : कांग्रेसको पत्ता साफ, BJP+लाई भारी बहुमत!

भारत स्थित महाराष्ट्र र हरियणा राज्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । विहान ८ बजेदेखी सुरु भएको मतगणनाको सुरुवाती रुझानमा भारतीय जनता पार्टी नेतृत्वको गठबंधनले परिणाममा कब्जा जमाएको देखिएको छ ।

२ वटै राज्यमा बिजेपी नेतृत्व गठबंधनकै सरकार रहेको छ । यतिबेला यो सँगै केन्द्र समेत भारतमा केही राज्य बाहेक प्रायः सबै राज्यमा BJP कै सरकार रहेको छ ।

कुनै बेला भारतको प्रमुख राजनीतिक दल मानिने भारतीय कंग्रेसको पत्ता साफ हुने रुझान देखिएको छ ।
मतगणना भने जारी छ ।

मतगणना सुरु भए लगतै विश्वभरबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना आउनेक्रम जारी रहेको भारतीय संचारमाध्यमहरुमा खबर छ ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्