Logo
२४ बैशाख २०८१, सोमबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बिच्च-बिच्चमा’ गीत गाउने गायक दुर्गेश थापा पक्राउ

काठमाण्डौ : पछिल्लो समयमा चर्चाको शिखर चुम्दै गरेका मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । थापालाई बालाजुबाट नियन्त्रणमा लिएर अहिले महाशाखामा ल्याइएको माहाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

दुर्गेशले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भड्किलो बनाउने भन्दै उजुरी परेको थियो । उनले सार्वजनिक गरेको गीत युट्युबबाट हटाए छाड्न सक्ने पनि जनाएको छ ।

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्