Logo
६ जेष्ठ २०८१, आईतबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता १० चीज जसलाई भूलेर पनि फ्रिजमा राख्ने गल्ति नगर्नुहोस्

मानिसहरुले आफूलाई चाहिने हरेक फलफूल तथा तरकारीलाई लामो समयसम्म ताजा राख्नका लागि फ्रिजको प्रयोग गर्छन् । मानौ यो एकप्रकारको प्रचलन नै छ ।

तर, धेरैलाई थाहा नहुनसक्छ कि कतिपय चिज यस्ता हुन्छन्, जसलाई फ्रिजमा राख्नु झनै प्रत्यूत्पादक हुन्छ । हामीले यहाँ १० वटा यस्ता फलफूल र तरकारीबारे जानकारी दिँदैछौं, जसलाई फ्रिजमा राख्नुहुँदैन ।

१.  टमाटर :
धेरै मानिसहरु टमाटरलाई फ्रिजमा राख्ने गल्ति गर्दछन् । टमाटर गर्मी र तातोमा फस्टाउने फल हो । वैज्ञानिक दृष्टिले भन्ने हो भने टमाटर तरकारीभन्दा बढि फलफूल हो । यसका लागि गर्मी र काफी मात्रामा पानी चाहिन्छ । ठण्डा मौसममा टमाटर फस्टाउन सक्दैन । त्यसैले टमाटरलाई फ्रिजमा राख्दा छिट्टै गलेर नष्ट हुन्छ ।

२. केरा :
केरा पनि फ्रिजमा राख्दा छिट्टै कालो हुने र गल्ने खतरा रहन्छ । यसको फेदको डण्डीबाट इथाईलीन ग्यास निस्किन्छ, जसले आसपासको फललाई छिट्टै पकाइदिन्छ । फ्रिजमा राख्नु केराका लागि पनि फाइदाजनक हुँदैन ।

३. स्याउ :
स्याउलाई पनि फ्रिजमा राख्नुहुँदैन । यदि फ्रिजमा राख्नै परे तरकारी र फलफूलका लागि बनाइएको छुट्टै सेपमा राख्नुपर्छ । स्याउमात्रै नभएर आरु, आरुबखडा, चेरीलाई पनि फ्रिजमा राख्नुहुँदैन । कम तापक्रमबाट यी फलफूलमा रहेको इन्जाइम सक्रिय हुन्छन् । जसका कारण यो छिट्टै खराब हुने सम्भावना हुन्छ ।

४. कागती :
सिट्रिक एसिडवाला कागती, निबुवा जस्ता फललाई पनि अत्याधिक चिसो पच्दैन । यसले कागतीलाई छिट्टै बिगार्न भूमिका खेल्छ । साथै स्वादमा पनि असर पर्छ । फ्रिजमा राख्दा यी फलको रस पनि सुकेर जान्छ ।

५. काँक्रो :
गर्मी मौसममा काँक्रो विशेष फल हो । तर यसलाई पनि फ्रिजमा राख्ने गल्ति नगर्नुस् । साथै यसलाई इथाइल ग्यास छाड्ने टमाटर, केराजस्ता फलको अघि पनि नराख्नुस् ।

६. तरबुजा :
काटेपछि तरबुजा र खरबुजालाई चिसो बनाउन भनेपछि फ्रिजमा राख्ने गरिन्छ । तर यसलाई लामो समय फ्रिजमा राख्ने गल्ति नगर्नुस् । यसो गर्दा तरबुजा र खरबुजा छिट्टै नष्ट हुने खतरा हुन्छ । त्यसैले खरबुजा र तरबुजालाई खानुभन्दा केहीबेर अघि मात्रै काटेर फ्रिजमा राख्नुस् ।

७. आलु :
फ्रिजमा राख्नाले आलुको स्टार्च चीनीमा बदलिन्छ, साथै यसको स्वादमा पनि असर पर्छ ।
आलुलाई गर्मी तथा अत्याधिक चिसो फाइदाजनक हुँदैन । त्यसैले यसलाई राख्नका लागि कुनै न्यानो ठाउँको व्यवस्था गर्नुस् । यसलाई प्लास्टिकको झोलामा पनि नराख्नुस् । आलुका लागि बढिमा ४५ डिग्री तापक्रम उपर्युक्त हुन्छ ।

८. प्याज :
केही मानिस प्याजलाई फ्रिजमा नराख्नुमा केवल यसको गन्धलाई जिम्मेवार मान्छन् । तर यो पूर्णसत्य होइन ।
आलुजस्तै प्याज पनि अत्याधिक चिसोले खराब हुन्छ । ्र साझापोष्ट ्र यसलाई आलुजस्तै कुनै न्यानो ठाउँमा राख्नुस् । तर आलु र प्याज एकै ठाउँमा राख्नुहुँदैन । आलुबाट निस्कने ग्यासले प्याजलाई खराब गरिदिन्छ ।

९. लसुन :
प्याजजस्तै लसुन पनि फ्रिजमा नराख्नुस् । चिसोमा राख्दा लसुन छिट्टै टुसाउन थाल्छ । लसुन र प्याजलाई एकसाथ राख्न सकिन्छ । तर ख्याल गर्नुस्, ज्यादा प्रकाश र अत्याधिक तातो पनि यसका लागि फाइदाजनक हुँदैन ।

१०. ब्रेड :
ब्रेड खासगरी तयार भएको २-३ दिनभित्रैमा खाइसक्नु पर्ने परिकार हो । तर तपाईं पिज्जा ब्रेड, बर्गर ब्रेड इत्यादीलाई फ्रिजमा सम्हालेर राख्न चाहनुहुन्छ भने त्यसो नगर्नुस् । यसका लागि फ्रिज होइन फ्रिजर उपयोगी हुन्छ । फ्रिजमा राख्दा ब्रेड छिट्टै सुक्ने खतरा हुन्छ । प्लास्टिकमा बेरेर फ्रिजरमा

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्