Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज विश्व मुटु दिवस : स्वस्थ राख्न यसरी माया गरौँ आफ्नो मुटुलाई

आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ । नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ ।

प्रेम गर्नेहरु एक अर्कालाई मुटु दिन पनि तयार हुन्छन् । तर आफ्नै मुटुलाई प्रेम गर्न भने धेरैले जानेका हुँदैनन् । डाक्टरहरुको भनाइमा धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै हुने बताउँदै आएका छन् ।

‘अस्वस्थ खानपान र जीवनशैलीका कारण हिजोआज सबै उमेरका मानिसलाई मुटु रोग लाग्ने गरेको छ, त्यसैले आफ्नो मुटुलाई माया गर्ने हो भने यी कुराहरुमा ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञहरु बताउँछन् ।

पछिल्लो समय तयारी खानेकुरा खाने, घर बाहिर खाने, चिल्लो, बोसोयुक्त खानेकुराका साथै रक्सी, चुरोट खाने तर व्यायाम नगर्ने कारणले मुटुका रोगी बढेको मुटुरोग विशेषज्ञहरुको भनाइ छ ।

६० वर्ष उमेर कटेका तथा मधुमेह र दमको समस्या भएकालाई पनि मुटु रोगको जोखिम धेरै हुन्छ । सामान्यतया एक मिनेटमा मुटुको चाल ५० भन्दा धेरै र १ सयको बीचमा हुनुपर्नेमा त्यसभन्दा फरक भएमा मुटुमा समस्या छ भनेर बुझ्नुपर्ने विशेषज्ञहरु बताउँछन् ।

चिल्लो तथा बोसो भएको खानेकुरा कम खाने, कसरत गर्ने र नुन कम खान सके मुटु रोग लाग्नबाट केही हदसम्म बच्न सकिने मुटुरोग विशेषज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्