Logo
१६ बैशाख २०८१, आईतबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओसामा बिन लादनेका छोरा हम्जा अमेरिकी कारबाहीमा मारिएको ट्रम्पद्वारा पुष्टि

विश्व प्रख्यात आतंकवादी समूह अलकायदाका पूर्व प्रमुख ओसामाबिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् ।

उनले शनिवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको‘अफगानिस्तान/ पाकिस्तान क्षेत्रमा अमेरिकाले सञ्चालन गरेको प्रतिआतंकवाद कारवाहीमा मृत्यु भएको’ जनाएका हुन् ।

‘हम्जाको मृत्युले अलकायदाको नेतृत्वलाई मात्र नभइ उक्त समूहको महत्वपूर्ण गतिविधिलाई पनि कमजोर पर्ने छ’ अमेरिकी राष्ट्रपति ट्रम्पले जारी गरेको बयानमा भनिएको छ । ट्रम्पले अगाडि भनेका छन्, ‘हम्जा विन लादेन अरु आतंकवादी समूहसँगको सम्झौता र योजनाका लागि जिम्मेवार थिए ।’

गत फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो ।
करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेनको मृत्युको पुष्टि गरेका छन् तर ट्रम्पल उनको मृत्यु भएको समयबारे केही उल्लेख गरेका छैनन् ।
अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै हम्जा बिन लादेनले आफ्ना बुवा ओसामा बिन लादेनको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेको भिडिओ र अडिओ रिपोर्ट बीबीसीले सार्वजनिक गरेको छ ।
अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेवार समूह हो । ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्