Logo
१५ बैशाख २०८१, शनिबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुष ब्युटि टिप्स : अनुहार चम्किलो बनाउने ७.घरेलु तरिका (प्रयोग विधिसहित)

सुन्दरताको कुरा गर्दा जहिल्यै महिलाको कुरामात्र हुने गर्छ । तर आज हामी महिलाको नभएर पुरुषको सौन्दर्यको बारेमा चर्चा गर्नेछौँ । पुरुषले कसरी आफ्नो छालाको ख्याल गर्नसक्छन् त? त्यसका बारेमा बताउन गइरहेका छौँ ।

हामीलाई थाहा छ कि पुरुषहरुको छाला महिलाको तुलनामा थोरै कडा हुन्छ, त्यसैले महिला र पुरुषको छालाको हेरचाह पनि फरक-फरक तरिकाले नै गर्नुपर्ने हुन्छ । तर चिन्ता नलिनुहोस्, यहाँ भनिएका केही घरेलु उपाय अपनाएर तपाइले आफ्नो अनुहारमा चमक ल्याउन सक्नुहुन्छ ।

१.  स्क्रब :

डेड स्किन, ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउनका लागि सातामा कमसेकम दुईपटक स्क्रब गर्नुहोस् । यसले अनुहारमा निखार ल्याउनुका साथै छाला पनि ताजा गराउँछ । पुरुषका लागि चामलबाट बनेको स्क्रब उपयोगी हुन्छ ।

चामलमा भरपुरमात्रामा एन्टी-अक्सिडेन्ट पाइन्छ, जसले छालामा निखार ल्याउँछ । यसलाई बनाउनका लागि आधा कप दहीमा २ चम्चा चामलको पिठो मिसाउनुहोस् । यसरी तयार हुने पेस्ट आफूले चाहेको भागमा लगाउनुहोस् र १० मिनेटपछि पानीले पखाल्नुहोस् ।

२.  मेवा :

मेवा पाचन क्रियालाई सन्तुलित राख्नका साथै अनुहारबाट दाग-धब्बा हटाउनमा पनि काम आउँछ । कहिलेकाँही पुरुषको अनुहारमा कालो धब्बा देखिने गर्छ । यस्ता दाग र धब्बालाई हटाउनकालागि मेवा निकै नै उपयोगी हुन्छ ।

यसका लागि काँक्रो, मेवा र टमाटरको रस बराबर मात्रामा मिसाएर अनुहारमा लगाउनुस् । २० मिनेटपछि चिसो पानीले पखाल्नुस् । यसको लगातार प्रयोगपछि विस्तारै दाग-धब्बा हराएर जान्छ ।

३. बेसन :

पुरुषहरुको छाला महिलाको तुलनामा कडा हुन्छ, त्यसकारण हेरचाहका लागि मिहेनत पनि ज्यादा गर्नुपर्ने हुन्छ । बेसनबाट फेस प्याक तयार पारेर लगाउने हो भने उमेर बढेसँगै देखिने चाहुरिपनलाई रोक्न सकिन्छ ।

यसका लागि मन तातो पानीमा बेसन मिसाएर पेस्ट तयार पार्नुस् । यसले अनुहारलाई सफा गर्नुहोस् । एक चम्चा मह तलबाट माथितर्फ लगाउनुहोस् । आधा घण्टापछि सफा गर्नुहोस् ।

४.  जौको पिठो :

जौको पिठोले अनुहारलाई गोरो, चम्किलो र छालालाई कोमल बनाउन मद्दत गर्छ । तपाईं जौको पिठोबाट फेस प्याक तयार गरेर लगाउन सक्नुहुन्छ ।

यसका लागि जौको पिठो र महको गाढा पेस्ट बनाएर अनुहार वा तपाईंले चाहेको अंगमा लगाउनुहोस् । यो पेस्ट सुकेपछि त्यसमाथि दहीको लेपन लगाउनुस् । करिब ३० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।

५. टमाटर :

टमाटरमा लिकोपेन तत्व पाइन्छ, जुन छालाका लागि एन्टी-एञ्जिङकोरुपमा काम गर्छ । सौन्दर्य विशेषज्ञहरु भन्छन्, यदि अनुहारमा चमक ल्याउने हो भने टमाटरमा मह मिसाएर अनुहारमा लगाउनुहोस् । यसलाई केही दिनसम्म लगातार लगाउनुभयो भने तपाईंले छिट्टै परिवर्तन महसुस गर्न थाल्नुहुनेछ ।

यदि तपाईंको अनुहार बढी चिल्लो छ भने कागतिको रस पनि मिसाउन सक्नुहुन्छ । यसका लागि कागति र टमाटरको पेस्ट बनाएर आँखालाई बचाएर अनुहारका अन्य भागमा लगाउनुस् । केहीबेर रहन दिएर त्यसलाई पखाल्नुहोस् ।

६.  स्याउ :

पुरुषहरुको छालाकालागि स्याउ निकै नै फाइदाजनक हुन्छ । स्याउको पातलो चानालाई मह र जौको पिठो मिसाएर पेस्ट तयार पार्नुस् । यसरी तयार भएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । पेस्ट लगाएको ३० मिनेटपछि मनतातो पानीले धुनुहोस् । यसो गर्दा अनुहार आकर्षक देखिन्छ ।

७. दाह्री काट्नुअघि ख्याल गर्नुहोस् :

प्रायलाई सेव गर्ने समयमा समस्या हुन्छ । छाला अति नै ड्राइ हुँदा समस्या देखिने गरेको हुन्छ । त्यसैले सेव गर्दा विषेश ध्यान दिनुस् । सेविङ क्रिम अथवा कागतिको रस अनिवार्य लगाउनुस्। यसका साथै छालालाई सेविङ मेसिनले बढि असर नगरोस् भन्नेतर्फ पनि ध्यान दिनुहोस् ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्