Logo
१८ बैशाख २०८१, मंगलबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका यी ५ कलाकार जो अभिनयमा मात्र नभएर साइड बिजनेसमा पनि छन् अव्वल

बलिउड साँच्चिकै यस्तो क्षेत्र हो जहाँ नामका साथै दाम पनि मज्जाले कमाएका छन् । तर तपाईलाई सुनेर अचम्म लाग्न सक्छ, बलिउडमा केही कलाकारहरु यस्ता रहेका छन् जसले फिल्मी पर्दाबाहेक अरु ठाउँमा पनि नाम र दाम कमाएका छन् ।

उनीहरुले अभिनय क्षेत्रमा मात्र नभएर आफ्नो बिजनेसमा पनि उत्तिकै धमाल मच्चाएका छन् । यी कलाकारहरु अभिनयमा मात्र सीमित नभएर आफ्नो कौशल अन्य मार्गबाट पनि देखाउन सफल भएका छन् ।

आज हामी ती कलाकारहरुका बारेमा  जानकारी दिन गइरहेका छौँ जुन यसप्रकार छन् –

१.  करिश्मा कपुर :

साइड बिजनेसमा सबैभन्दा पहिला नाम ९० को दशककी हिट अभिनेत्री करिश्मा कपुरको आउँछ । करिश्माले बलिउडमा धेरै हिट फिल्म दिएकी छिन् । गोविन्दासँग उनको जोडी खुब जमेको थियो । करिश्मा अहिले आफ्नो ई–कमर्स पोर्टल चलाउँछिन् । जुन पोर्टलले बच्चा र आमालाई केयर गर्ने सामान बेच्छ । उनी सम्बन्धविच्छेद गरेर सिंगल जीवन बिताइरहेकी छिन् ।

२. अक्षय कुमार :

अक्षय फिल्ममा सबैभन्दा व्यस्त अभिनेतामध्ये एक हुन् । वर्षमा ३ ४ फिल्ममा काम गर्छन् । अक्षय फिल्मका साथै अलहदा बेस्ट डिल नामक एक अनलाइन सपिङ च्यानल पनि चलाउँछन् । उनको हरि ओम इन्टरटेनमेन्ट फिल्म प्रोडक्सन हाउस पनि छ ।

३. मिथुन चक्रवर्ती :

अभिनेता मिथुन चक्रवर्तीले सुरुका दिन केही फिल्ममा साइड भूमिका निभाए । बिस्तारै मुख्य भूमिका निभाए । अहिले पनि मिथुन फिल्ममा कमेडी भूमिकामा देखिन्छन् । तर, उनी फिल्मका साथसाथै हस्पिटालिटी र शैक्षिक क्षेत्रमा परिचित मोनार्क ग्रुप कम्पनी चलाउँछन् । साथै, उनी एक फिल्म प्रोडक्सनको मालिक पनि हुन् ।

४. सुनील सेट्टी :

सुनील सेट्टीलाई समकालीनको तुलनामा उति सफल अभिनेता मानिँदैन । तर, उनले निभाएको केही भूमिका अहिले पनि दर्शकले बिर्सन सक्दैनन् । अन्तिम पटक उनको ‘रेस ३’ फिल्म २०१८ मा प्रदर्शन भएको थियो उनी रेस्टुरेन्ट, नाइट क्लब, पपकर्न फिल्म प्रोडक्सन हाउसका मालिक हुन् ।

५.  ट्वीङ्कल खन्ना :
सुपरस्टार राजेश खन्नाकी ज्येष्ठ सुपुत्री एवम् अक्षय कुमारकी धर्मपत्नी हुन् ट्वीङ्कल खन्ना । उनी ९० को दशककी औसत अभिनेत्री हुन् ।

उनी एक अभिनेत्री मात्र नभएर एक सफल बिजनेस वुमनका रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् । उनको आफनै इन्टेरियर कम्पनी पनि छ जसको नाम द व्हाइट विन्डो रहेको छ । त्यतिमात्र नभएर उनी एक लेखक पनि हुन् । उनले थुप्रै किताबहरु लेखेकी छन् ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्