Logo
१८ बैशाख २०८१, मंगलबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुटिङ अघि नै सलमान र आलिया स्टारर ‘इन्शाल्लाह’ ले गर्यो बम्पर कमाइ

संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ को फिल्मको निकै लामो समयदेखि चर्चा भइरहेको छ । दर्शकले पनि यस फिल्मको व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

भंसाली र सलमान खान २ दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक सलमान खान र आलिया भट्ट यस फिल्ममार्फत् एक–अर्काको अपोजिटमा देखिनेछन् ।

यसबारे थप रोचक खबर सार्वजनिक भएको छ । रिपोर्टका अनुसार भंसालीले यो फिल्मको थिएट्रिकल राइट्स १६५ करोड भारुमा बेचेका छन् । यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन् ।

यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ । यो हेरेपछि फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ । फिल्म सन् २०२० मा रिलिज हुनेछ र चाँडै नै यसको सुटिङ सुरु हुँदैछ ।

स्मरण रहोस्, भंसाली यो फिल्मलाई सलमान खानको प्रोडक्सन कम्पनी सलमान खान फिल्म्ससँग मिलेर बनाउने भएका छन् । फिल्मको झोलीमा सुरुमै यति ठूलो रकम आएपछि निर्माता निकै उत्साहित छन् । यो फिल्ममा सलमान खान एक व्यवसायीको भूमिकामा देखिनेछन्, यस्तै आलिया भट्ट फिल्ममा संघर्षरत नायिकाको भूमिका देखिनेछिन् ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्