Logo
१८ बैशाख २०८१, मंगलबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राजनीतिक संघर्षको युग सकिए, अब आर्थिक उन्नती र विकासको युग सुरु भयो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संघर्षको युग सकिएको बताएका छन् ।

एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउँदै नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताएका छन् ।

‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्रा्ष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संशोधन गर्छौं ।’

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभई विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताएका छन् ।

विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् । ‘यो राइनो हैन गैंडा हो गैंडा’ प्रधानमन्त्री ओलीले भने, ‘यसको मौलिक नाम नबिगारौं ।

नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमालमध्ये धेरैवटा नेपालमै रहेको बताएका छन् । नेपाललाई विश्व मै सुन्दर देश भनिने गरकोे तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’ प्रधानमन्त्री ओलीले भने, ‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तिव्रगतिमा अघि बढाउनु पर्दछ ।’

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्