Logo
६ जेष्ठ २०८१, आईतबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जति गर्मी भएपनि रातभर फ्यान चलाएर नसुतौँ, हुनसक्छन् यस्ता समस्या

गर्मीको मौसममा प्राय मानिसहरु रातमा झ्याल खोलेर वा रातभर फ्यान लगाएर सुत्ने गर्छन् । अत्याधिक गर्मीका कारण मानिसहरुलाई फ्यान नभई नहुने कुरा भएको छ । त्यति नगरे बिहान पसिनै पसिना भएर उठ्नुपर्ने हुन्छ ।

तर एक अनुसन्धानमा बताएअनुसार रातभर फ्यानको हावा खानु हाम्रो स्वास्थ्यका लागि राम्रो होइन । चिसो हावाले हाम्रो हात खुट्टाका मांसपेसीमा पनि बढी तनाव पर्न सक्छ र पीडा हुने गर्दछ ।

निद्राका विशेषज्ञ मार्क रेडिकका अनुसार फ्यान खोलेर सुत्नुका फाइदा भन्दा बेफाइदा धेरै छन् । फ्यानले मुख्यगरी कोठाभित्रको धुलो उडाउने हुँदा हामीलाई चाँडै रुघा लाग्ने वा एलर्जी हुने समस्या हुन्छ ।

यसरी पहिले नै एलर्जी, दम, ज्वरोका बिरामीहरुका लागि त राति फ्यान खोल्नुले गम्भीर असर गर्न सक्ने बताइएको छ । त्यस्तै फ्यानका ब्लेडमा पनि लामो समयदेखि धुलोहरु जमेर बसेका हुन्छन् जुन हरेपटक फ्यान चलाउँदा उडेर कोठाभरि फैलने गर्दछ ।

फ्यानले दिने हावा एकदम सुख्खा हुनाले हाम्रो छाला र घाँटी पनि सुख्खा बनाउँछ भने आँखामा समस्या गराउन सक्छ । विशेषगरी कन्ट्याक्ट लेन्स लगाउनेहरु संवेदनशील मानिन्छन् ।

त्यस्तै नाकभित्र पनि सुख्खा हावा जानुले नकारात्मक प्रभाव पारिरहेको हुन्छ र बिहान उठ्दा टाउको दुखाउने गर्दछ । लगातारको हावाले नाकको प्वाललाई सुकाउने हुँदा त्यसको भरपाइ गर्न शरीरले धेरै ‘म्युकस’ उत्पादन गर्नुपर्ने हुन्छ । यसैकारण हाम्रो नाक अवरुद्ध हुन पुग्छ र टाउको भारी हुने अनि दुख्ने समस्या हुन्छ ।

तसर्थ राम्रो निद्रा पुर्याउन चाहेपनि फ्यान लगाएर सुत्नाले अर्को दिन बिहान यस्ता जटिल समस्याहरु निम्त्याउने गर्दछ भनेर भनिएको छ ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्