Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपाल झर्ने समस्यादेखि परेशान हुनुहुन्छ ? त्यसोभए खानुहोस यी ५ चिज

प्राय: मानिसहरुलाई सबैभन्दा ठूलो डर कपाल झर्नबाट हुन्छ । मौसम तथा दैनिक प्रयोग गर्ने पानी नमिल्दा चिन्डो हुने गरी कपाल झर्ने गरेको छ । तसर्थ यो समस्याबाट मुक्त हुन हामीले केही कुरामा ध्यान दिन आवश्यक छ ।

मुख्यत: हामीले खानपिनमा विशेष ध्यान दिन जरुरी छ । हामीले आफ्नो खानामा पौष्टिक तत्वसहितको सन्तुलित भोजन सेवन गरेमा कपाल झर्ने समस्याबाट राहत पाउन सकिन्छ ।

केही त्यस्ता खाद्यपदार्थ छन् जसलाई यदि आफ्नो भोजनमा सामेल गराएमा कपाल झर्ने समस्या कम हुनेछ :

१. अण्डा :  बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्वले युक्त अण्डा कपालको विकास तथा स्वास्थ्यका लागि समेत महत्वपूर्ण छ । अण्डा खानुका साथसाथै ताडको तेलमा मिलाएर कपालमा लगाउँदा समेत कपाल झर्ने समस्या कम हुन्छ ।

२. पालुंगोको साग :  पालुंगोलाई आइरन तथा फोलेट तत्वको भरपर्दो श्रोत मानिन्छ । कपाललाई लामो तथा स्वस्थ बनाउनका लागि पालुंगोको साग नियमित खानु लाभदायी हुन्छ । फोलेट तत्वले राता रक्तकोषको निर्माणमा मद्दत गर्छ जसले कपालमा अक्सिजन सञ्चार गर्दछ ।

३.  मुसुरको दाल :  मुसुरको दालका साथै सोयाबिन, टोफू तथा सिमी र केराउलाई नियमित रुपमा भोजनमा समावेश गर्नाले शरीरमा आइरन तथा प्रोटिनको पर्याप्त आपूर्ति हुने र यसले कपाललाई स्वस्थ राख्न मद्दत गर्ने विज्ञहरुको भनाइ छ ।

४. शखरखण्ड :  शखरखण्डमा पाइने भिटामिनहरु तथा बिटा क्यारोटिन कपाललाई स्वस्थ राख्न अनिवार्य हुने तत्व हुन् । बिटा क्यारोटिनका अन्य श्रोतहरुमा गाजर तथा फर्सी पनि हुन् ।

५. क्याप्सिकम :  क्याप्सिकम भिटामिन ‘सी’को भरपर्दो श्रोत हो । कपाललाई स्वस्थ राख्न तथा राता रक्तकोषमा आइरनको मात्रा पर्याप्त राख्न भिटामिन सी आवश्यक पर्छ । त्यसैले क्याप्सिकमको नियमित सेवनले पनि कपाललाई स्वस्थ राखी झर्नबाट बचाउँछ ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्