Logo
११ श्रावण २०८१, शुक्रबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाले छोरीलाई सिकाउनुपर्ने यी ५ अत्यन्त महत्त्वपूर्ण कुराहरु

हाम्रो समाजमा आमालाई ईश्वरको प्रतिमूर्ति मानिन्छ । परिवारमा सबैभन्दा ठुलो जिम्मेवारी बोक्ने आमाको जिम्मेवारी भनेको बच्चाबच्चीहरुलाई एउटा राम्रो संस्कार दिनु हो ।

संसारभर आमालाई ठुलो सम्मानका साथ हेर्ने गरिन्छ । आमाले घरमा देखाउने जिम्मेवारीलाई जति नै शब्दले वर्णन गरे पनि कम नै हुन्छ । घरमा आमा आफ्ना छोरीका निम्ति अत्यन्तै गम्भिर हुने गर्छन् ।

उनीहरुको बानी व्यहोरालाई पनि उनीहरुले नजिकबाट नियाली जिम्मेवार बनाउन खोजी रहन्छन् । हरेक आमाले आफ्ना छोरीलाई बताउनैपर्ने ५ कुराहरु निम्न रहेका छन् :

१. स्वाभिमान :  हरेक छोरीलाई बताउन जरुरी छ की छोरी केही बन्न सक्छन् र कसैको भर नपरीकन आफ्नो स्वाभिमानमा खडा हुन् सक्छन् ।

२.आफ्नो काम आफै गर्न सक्नुपर्छ : छोरीले आफ्नो काम आफै गर्न आमाले भन्नुपर्छ । आफ्नो कामको बोझ अरुमाथि थुपार्दा निर्भरता बढ्छ ।

३. करिअरको महत्व : आफ्नो खुट्टा उभिन करिअरको ठुलो भुमिका रहेको हुन्छ । पछि गएर कुनै पनि समस्या नहुन पहिला नै करिअरबारे आमाले छोरीलाई बुझाउन सक्नुपर्छ ।

४. अरुसँग गरिने व्यवहार : छोरी ठुली हुदै जाँदा अरुसँग कसरी व्यवहार गरिन्छ यसबारे आमाले विभिन्न रुपमा सम्झाने काम गर्नुपर्छ । छोरीलाई थाहा होस् की कुरा गराइबाट कुन मानिसको नियत कस्ता छ ।

५. आफ्नो बचाउ गर्नसक्नुपर्छ : पछिल्लो समय युवतीहरुमाथि अत्याचारका घटनाहरु बाहिरी रहेका छन् । यसलाई रोक्न पनि आमाहरुले आफ्ना छोरीहरुलाई यसबारे खुलेर कुरा गर्न सिकाउनुपर्छ । विभिन्न हिंसाका सिकार भएका युवतीहरु चुप लागेर बसेका कारण महिला हिंसाले अस्रय पाएको छ । उनीहरुलाई विभिन्न खाले ट्रेनिङ दिएर आत्मविश्वास बढाउन आमाले सहयोग गर्नु पर्छ ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्