Logo
२० बैशाख २०८१, बिहीबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुप र नम्रता स्टारर ‘जाइरा’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं :  आज राजधानीमा अनुपविक्रम शाही र नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

यस फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ । नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा एक्सन पक्षलाई महत्त्व दिइएको छ भने नम्रता र अनुपको चुम्बन दृश्य पनि समावेश गरिएको छ ।

आशुतोष राज श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको स्किृप्ट निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका हुन् ।

त्यसैगरी चलचित्रलाई प्रेरणा श्रेष्ठ र कारा श्रेष्ठले निर्माण गरेका हुन् । असिम शाक्यले लोगो एनिमेसन र पोस्टर डिजाइन गरेको छ । यो फिल्म भदौ ६ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । फिल्मको रिलिजअघि नै राम्रो चर्चा बटुलेको छ ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्