Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा कार्यालयमा सकेट बम राखिएको हल्ला मात्रै

काभ्रेपलाञ्चोक : जिल्लाको धुलिखेल नगरपालिका-१२ वडा कार्यालय परिषरभित्र सकेट बमको हल्ला फैलाएर राखिएको वस्तु सकेट बम नभएर तर्साउन राखिएको अरू नै सामग्री भएको प्रहरीले बताएको छ। उक्त कार्यालयमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो ।

कार्यालय खोल्न जाँदा कार्यालय परिषरभित्र बम देखेपछि केही समय त्यस क्षेत्रमा हल्ला मच्चिएको थियो ।

कार्यालयको ढोकामै बम देखेपछि सेवाग्राहीहरू सहित आफूहरू आतंकित बनेको वडा अध्यक्ष हर्कबहादुर तामाङले बताए । उक्त वस्तु नेपाली सेनाको धुलिखेलबाट गएको टोलीले डिस्पोज गरिसकेको वडा अध्यक्ष तामाङले बताए ।

उनले भने, ’बम डिस्पोज भइसके पनि सेवाग्राहीहरू आउन डराइरहेका कारण कार्यालय संचालन हुन सकेको छैन।’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाले भने उक्त शंकास्पद वस्तु बम नभएर त्रसित बनाउने अन्य सामग्री भएको दाबी गरे। बम डिस्पोजल टोलीका साथ प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणामगरसहित सुरक्षा निकायका प्रमुखसमेत घटनास्थल पुगेका थिए ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्