Logo
१२ श्रावण २०८१, शनिबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साथीभाइबीच छुरा हानाहान : १ को मृत्यु, २ जना घाइते

सांकेतिक तस्बिर

झापामा साथी समूहबीच छुरा हानाहान भएको छ । दमक नगरपालिका १ मा भएको घटनामा १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।

बुधबार अपराह्न ४ बजे २५/३० को समूहबीच एक अर्कामा छुरा हानाहान गर्नेे ९ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
छुरा प्रहारबाट दमक नगरपालिका-२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक-३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए । घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा र भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै फरार रहेकामध्ये प्रदेश नं १ को प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी भइरहेको छ ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्