Logo
१७ बैशाख २०८१, सोमबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानी राखौं : पिपलको पातबाट बनाउन सकिन्छ धेरै रोगहरुको औषधि

हाम्रो घर वरपर थुप्रै प्राकृतिक वनस्पति हुन्छन् तर हामीले ती वनस्पतिलाई चिन्न नसकेका हुनाले त्यसलाई उखेलेर फ्याल्छौँ । ती वनस्पतिहरुमा मानिसको विभिन्न रोगहरुसँग लड्ने प्रतिरोधात्मक गुण हुन्छ ।

त्यसैगरी ती वनस्पतिमा अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।

ती अन्य वनस्पतिहरुमध्ये पीपल पनि एक हो । हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनस्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए ।

वैज्ञानिक दृष्टिकोणले पनि पिपलको ठूलै महत्व छ । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

पिपलको जरा, बोक्रा र पातको अनगन्ती फाइदाहरु छन् जसमध्ये केही यहाँ उल्लेख गरिएका छन् –

१. रुघा-खोकीको अचूक औषधि :
मौसममा आउने बदलाबका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा-खोकी ठीक हुने छ ।

२. दमका रोगीको लागि बूटी :
लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

३. निमोनियामा राहत :
निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।

४. दाँतका लागि :

बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् ।
यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा पाइन्छ ।

५.  मुटुसम्बन्धी रोगको औषधि :
पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस् कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केही भाग काट्नुहोस् ।

पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस् । एक गलास पानी एउटा भाँडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस् र कम तापक्रम (आगो) मा पाक्न दिनुहोस् । जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस् र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस् । त्यति गरेपछि तपाईको औषधी तयार हुन्छ ।

तयार भएको उक्त औषधीलाई ३ खुराक बनाएर प्रत्येक ३ -३ घण्टामा सेवन गर्नुहोस । हृदयघात (हार्ट अटैक)को केही समय पश्चात लगातार १५ दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुनस् स्वस्थ बन्छ र हृदयघातको सम्भावना एकदम न्यून हुन्छ ।

यदि तपाई मध्ये कोहि हृदयघात (हार्ट अटैक)को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्