मकवानपुरमा गोली चलाउने एक जना पक्राउ
काठमाडौं : मकवानपुरको मनहरी क्षेत्रमा गोली चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो ।
मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए अनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ ।