Logo
१८ बैशाख २०८१, मंगलबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब तेल आपूर्तिमा हुने भयो सहज : पाइप लाइनबाट पठाएको डिजेल आइपुग्यो नेपाल

काठमाडौं : पाइप लाइनबाट पठाएको डिजेल नेपाल आइपुगे सँगै अब तेल आपूर्तिमा सहज हुने भएको छ । मोतीहारी-रक्सौल-अमलेखगन्जमा इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएको छ ।

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ । औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न यसको सुरुवात भएको हो ।

बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ । निगमका अनुसार भारतको पटनाबाट बिहान विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको थियो ।

पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार बिहान करिब ८ः३० बजेमात्र आइपुगेको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्