काबुल विश्वविद्यालयमा बम विस्फोट : ४ जनाको मृत्य, ८ जना घाइते
काबुल : अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । उक्त विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
उक्त विस्फोट स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ : १० बजे भएको प्रहरीले जनाएको छ । काबुल विश्वविद्यालयमा स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको प्रत्यक्षदशीैले बताएका छन् । सो घटनामा घाइते भएका ८ जनामध्ये १ जना भने किशोरी रहेको जनाइएको छ ।
यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । (सिन्ह्वा)