Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि, तर नेपाल टेलिकमकाे यथावत

काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गरेका छन् । तर नेपाल टेलिकमले भने यथावत राख्ने भएको छ ।

अरु कम्पनीहरुले इन्टरनेटको मूल्य बढाउँदा सरकारी सञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भने यथावत राख्ने भएको हो ।
सञ्चारमन्त्री तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिइसकेका छन्।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले बताए । तर नेपाल टेलिकमले भने इन्टरनेटको शुल्कमा कुनै वृद्धि नगरिने जनाएको छ ।

’नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि नेपाल टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महसुल दरमा कुनै वृद्धि गरेको छैन’, बुधबार प्रकाशित एक सूचनामा भनिएको छ । ’सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियतसहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ’, टेलिकमले भनेको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको उसले जनाएको छ। भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्