Logo
२० बैशाख २०८१, बिहीबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संजय दत्तकी छोरी त्रिशालाको इटालियन प्रेमीको मृत्यु, लेखिन् यस्तो भावुक स्टेटस

एजेन्सी : इटालियन प्रेमीको मंगलबार अचानक मृत्युपछि बलिउडका सञ्जु बाबा भनेर चिनिने संजय दत्तकी छोरी त्रिशाला दत्त अत्यन्तै भावुक स्टेटस लेखेकी छिन् ।

त्रिशालाले प्रेमीको मृत्युबारे आफ्नो इन्स्टाग्राममा जानकारी दिएकी छिन् । उनले निकै दुःखी भएर सोसल मिडियामा प्रेमीसँगको फोटो पोष्ट गर्दै स्टेटस लेखेकी छिन् ।

उनले बिहिबार लेखेकी छिन्, ‘म भित्रैदेखि टुटेकी छु । मलाई प्रेम र केयर गरेकोमा तिमीलाई धन्यवाद । तिमीले मलाई जीवनमा यति धेरै खुसी दियौ जुन म कहिले पनि भइनँ । तिमीलाई भेटेर म संसारको सबैभन्दा भाग्यमानी युवती बनेँ र तिम्रो बन्न पाउँदा म धन्य भएँ । तिमी मभित्र सधैं जिउँदो रहनेछौ । म तिमीलाई प्रेम गर्छु र अर्कोपटक भेट नहुञ्नजेलसम्म तिमीलाई मिस गरिरहनेछु ।’

उनले लेखेकी छिन्, ‘म तिमीलाई हिजोको भन्दा आज बढी माया गर्छु तर सायद भोलि गर्नेजति गर्दिनँ ।’

यसअघि यो जोडी त्यतिबेला चर्चामा आएको थियो जब त्रिशालाले आफ्ना प्रेमीबारे केही पोष्ट सोसल मिडियामा सेयर गरेकी थिइन् ।

यी पोष्टमा उनले प्रेमीको नाम उल्लेख गरेकी छैनन् तर उनी एक इटालियन नागरिकलाई डेट गरिरहेको भने जानकारी दिएकी थिइन् ।

सन् १९८६ अक्टोबर ७ मा जन्मेका उनको प्रेमीको कसरी मृत्यु भयो त्यो भने त्रिशालाले लेखेकी छैनन् ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्